पेरिसस्थित अन्तर्राष्ट्रिय उर्जा एजेन्सीको मुख्यालयले आगामी एक महिनामा छ करोड ब्यारेल कच्चा तेल प्रयोग गर्ने घोषणा गरेको छ। जसबाट लिबियाको कच्चा तेलको उत्पादन बन्द भएबाट आपूर्तिको अभावलाई खुकुलो पार्न, तेलको मूल्यलाई स्थिर पार्न तथा विश्व अर्थतन्त्रको प्रबर्द्धनको कमजोर प्रवृत्तिको संरक्षण गर्न सकिनेछ।
अन्तर्राष्ट्रिय उर्जा एजेन्सीद्वारा हिजै प्रकाशित एउटा वक्तव्यअनुसार, अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले आगामी एक महिनामा त्यसका सदस्य मुलुकहरुको सम्मेलनको आयोजना गरी यस सँयुक्त कार्यकलापको मूल्याङ्कन गर्ने तथा भविष्यमा चाल्नसक्ने कदमको निर्णय गर्नेछ।
अन्तर्राष्ट्रिय उर्जा एजेन्सी तेल उपभोग गर्ने मुलुकका सरकारबीचको सँयुक्त आर्थिक संगठन हो। त्यसका अट्ठाइस सदस्य मुलुक रहेका छन्।