काठमाडौ – भोजपुरबाट आएको विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा चरा ठोक्किएको छ ।
अवतरण गर्ने क्रममा नेपाल वायुसेवाको नाइन एनबीओ
विमानको अगाडिको भागमा चरा ठोक्किएको हो । चरा ठोक्किंदा विमानमा सामान्य क्षति
पुगेको छ । यात्रु र चालक दल सकुशल छन् । ककपिटको शिशामा क्षति पुगेका कारण त्यसलाई
फेर्नु पर्ने भएकाले उक्त विमानलाई फेरि उडाइएको छैन ।