अर्घाखाँची:  श्री शान्ति माबि  मालारानि ५ मा स्वर्गीय बुवाको सम्झनामा पराजुली परिवारले गरे  “स्व.डिलाराम पराजुली स्मृति अक्षयकोष-२०८१ घोषणा”

 श्री शान्ति माबि  मालारानि ५ मा स्वर्गीय बुवाको सम्झनामा पराजुली परिवारले गरे  “स्व.डिलाराम पराजुली स्मृति अक्ष्ायकोष -२०८१ घोषणा”

 

-बिनोद खड्का, मालारानि अर्घाखाँची।

अर्घाखाँची जिल्ला मालारानि गाउँपालिका वाड नं ५ श्री शान्ति माध्यमिक बिधालय मालारानी अर्घाखाँचीमा आज एक कार्यक्रमका बीच *स्व.डिलाराम पराजुली स्मृति अक्ष्ायकोष -२०८१*घोषणा भएको छ।

मालारानी५,प्युडाडा (हाल सैनामैना-१, बुद्ध टोल) निवासी,बिगत १० बर्ष देखि अमेरीकाको सिकागोमा रहेका,स्व.डिलाराम पराजुली र पवित्रा(पुतली) पराजुलीका कान्छा सुपुत्र श्याम पराजुलीले र.१,५२,१११/-(एक लाख बाउन्न हजार एक सय एघार मात्र)को अक्ष्ायकोष रासी बिधालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भयो।

सो अवसरमा उहाले कोष स्थापनाको मुख्य उदेश्य स्वर्गीय बुवाका सम्झना एवं आर्थिक अवस्थाका कारण शिक्षाको अवसरबाट बन्चित बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने रहेको स्पष्ट पार्नुभयो।साथै आफुले पढेलेखेका यो बिधालय सधैव आफ्नो मानसपटलमा रहेको,अन्तरमनबाटै यो कार्य गर्न पाउदा अत्यन्तै खुसी र गर्वको अनुभुती भएको बिचार व्यक्त गर्नुभयो ।

सो चेक हस्तान्तरण कार्यक्रममा बिधालय ब्यवस्थापन समिति अध्यक्ष/पुर्व राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्काले उक्त कार्यले शान्ति मा.बि को शैक्षिक उन्नयन र बिकासमा कोसे ढुङ्गा साबित हुने बताउनु भयो।त्यस्तै मालारानी५ का बोडा अध्यक्ष तुल्सिराम मिश्रले उहाको योगदान तथा कार्यले अन्यको लागी समेत नंया सन्देश दियको बताउनु भयो।

प्रधानाध्यापक मान बहादुर पान्डेले हार्दिक धन्यवाद/आभार पकट गर्नुका साथै उहालाई खादा र संमान पत्रले अभिनन्दन गरिएको थियो। कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका डाल बहादुर चौहान, तोरण थापा,तुलसा कुवर, पदमा बि.क.एवं जिन्दक खड्का,टामलाल भुसाल,लगाएत शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो। बसन्त खड्काको संचालनमा कार्यक्रम सम्पन्न भयको छ ।