लिबियाको विरोधी पक्षद्बारा गद्धाफीसँगको अप्रत्यक्ष सम्पर्क प्रमाणित

लिबियाको विरोधी पक्ष अर्थात”राष्ट्रिय अन्तरिम समिति”ले  विरोधी पक्षसँग लिबिया सरकारले फ्रान्स र दक्षिण अफ्रिकामा अप्रत्यक्ष सम्पर्क गरिरहेको प्रमाण दिएको छ।

“राष्ट्रिय अन्तरिम समिति”का प्रवक्ताका अनुसार, लिबियाका नेता मोअमार गद्धाफीले हालै एक प्रतिनिधि पेरिसतर्फ सम्बन्धित छलफलमा भाग लिन पठाउनुभएको छ। बिरोधी पक्षको मागका रुपमा गद्धाफी र उहाँको परिवारको नयाँ सरकारमा संलग्नता हुनुनहुने कुरा अगाडि आएको छ।

हिजो अमेरिकी सिनेटले एक बैठकको आयोजना गर्दै लिबियामा सैनिक गतिविधि गर्ने सम्झौता अस्वीकार गरेको थियो। अमेरिकी सरकारले सिनेटको उक्त निर्णयबारे निराशा व्यक्त गर्दै सँसदले छिटो गरी लिबियामाथि सैनिक कार्वाही कायमै राख्ने सम्झौतामा समर्थन दिन आव्हान् गरेको थियो।