आरआर क्याम्पसमा मध्यराति तालाबन्दी, चुनाव अन्योल

 

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन रोक्न माग गर्र्दै तालाबन्दी गरेको छ ।

निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।

यस विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै उनीहरुले त्यसो नभएका खण्डमा उत्पन्न परिस्थितिको जवाफदेही क्याम्पस प्रशासन हुनुपर्ने चेतावनी दिएका छन् ।