– प्रेमनारायण आचार्य
यूएई डेस्क) – अर्घाखाँची १३ असार – अर्घाखाँचीको सन्धिखर्क गाविसमा रहेको भलायेडाडा सामुदायीक बनमा बन मओत्सब २०६८ को अबसरमा आज एक कार्यक्रमका बिच बिभिन्न प्रकारका एक हजार बिरुवा रोपिएको छ ।
जिल्ला बन कार्यलय अर्घाखाँची,चन्दननाथ गण र भलायेडाडा सामुदायीक बनको संयुक्त आयोजनामा तेजपात , लप्सी, अमला, चिउरी र पैयुका गरि एक हजार बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कायृक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनबहादुर थापा, प्रहरी नायब उपरिक्षक अरुण पौडेल , जिल्ला बन अधिकृत सुरेस सिंह, जिबिसका कार्यक्रम प्रमुख हरिस्चन्द्र भुसाल , चन्दननाथ गणका सेनानी रामबहादुर केसि, सह सेनानी उत्सब केसी, एकिकृत माओवादीका बाबुराम बिक , एमालेका सचिबालय सदस्य प्रेमनारायण गैरै, राजमोका गोबिन्द बिसी, पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, लगायत म्यालपोखरी ब्यारेकका नेपाली सेना , सामुदायीक बनका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।