फ्रान्सेली अर्थतन्त्र, वित्त र उद्योग मन्त्रालयकी प्रमुख श्रीमती क्रिस्टिन लागार्ड अन्तर्राष्ट्रिय मुद्राकोषकी नयाँ महाप्रबन्धक पदमा नियुक्त हुनुभयो। उहाँ सन् 1944 मा त्यस संगठनको गठन भएयता पहिलो महिला महाप्रबन्धक पनि हुनुहुन्छ।
अन्तर्राष्ट्रिय मुद्राकोषले हिजै एउटा वक्तव्य प्रकाशित गर्दै श्रीमती लागार्डको कार्यावधि पाँच वर्ष रहने र त्यस कार्यावधि आगामी जूलाई महिनाको पाँच तारिखदेखि शुरु हुने घोषणा गरेको छ।
श्रीमती लागार्डले नियुक्त भएपछि बक्तव्य प्रकाशित गरी विगतमा झैं अन्तर्राष्ट्रिय मुद्रा कोषका सम्पूर्ण सदस्यका लागि सेवा प्रदान गर्दैजाने अठोट पनि व्यक्त गर्नुभयो।