– प्रेमनारायण आचार्य
अर्घाखाँची १६ असार । अर्घाखाँचीको सन्धिखर्कमा रहेको सूर्योदय महिला बिकास बचत तथा ऋण सहकारी सस्था लिमिटेडले स्थापना भएको सात बर्षको अन्तरालमा आफ्नै भबन निर्माण गर्न सफल भएको छ ।
महिला हरुको समस्या कसैले नबुझ्ने थोरै रकम चाहिएपनि पुरुसको मुख ताक्नु पर्ने र महिलाहरुले केहि गर्न सक्दैनन भन्ने भावनालाई मेटाउन महिलाहरुले सहकारीको स्थापना गरेका हुन् ।
सन्धिखर्क गाविसको वाड नं ९ चुत्राबेसीमा २०६२ साल मा महिलाहरुले खोलेको महिला सहकारी सस्थाले अहिले सन्धिखर्क गाविसको वाड नं. ९ मा आफ्नै चार कोठे भबन निर्माण गर्न सफल भएको सस्थाकि अध्यक्ष कमला भुसालले बताउनु भयो ।
सस्थाले जिविसको ५ लाख सन्धिखर्क गाविसको ६० हजार र अन्य सस्थाको लागतमा करिब ८ लाखको लागतमा सहकारीको चार कोठे भबन निर्माण गरेकॊ छ ।
महिला हरु प्रत्येक महिना जम्मा भएर ५० रुपैया मासकि बचत गर्दछन् । भने सहकारीले सन्धिखर्क गाविसका ९ वटै वाडमा गरि १७ वटा समिति समेत गठन गरेको छ ।
महिला सहकारी सस्थामा हाल चार सय ५० जना महिला सदस्य रहेका छन् । हाल सस्थाको कोष झण्डै १८ लाख र जगेडा कोष झण्डै २ लाख ५० हजार रहेको सस्थाकि ब्यबस्थापक शुस्मा श्रेष्ठले बताउनु भयो ।
यो महिला सहकारी सस्था २० औ सहकारी दिबसमा प्रथम पुरस्कृत समेत भएको थियो ।