फ्रान्सले खुलस्त रुपमा लिबियाको विपक्षी समूहलाई आकाशबाट हात-हतियार हस्तान्तरण गर्ने घोषणा गरेपछि तुरुन्तै संयुक्त राष्ट्र संघ तथा अन्य सदस्य मुलुकहरूले त्यसमाथि आरोप लगाएका छन्। तर फ्रान्सले आफ्नो उक्त कारवाईबारे बहस गरेको छ।
संयुक्त राष्ट्र संघका लागि फ्रान्सेली आबासीय प्रतिनिधि गेरार्ड आराउदले हिजो बोल्दै दु:ख भोगेका लिबियाका जनताहरूलाई सहयोग दिन र उनीहरूको संरक्षण गर्नका लागि फ्रान्सले आकाशबाट लिबियालाई हतियार हस्तान्तरण गरेको बताएका छन्। संयुक्त राष्ट्र संघले त्यस कुराको उचित रुपमा व्यवहार गर्नसक्ने आशा पनि उनले व्यक्त गरेका छन्।
फ्रान्सद्बारा आकाशबाट हतियार हस्तान्तरण गरिएको कारवाई संयुक्त राष्ट्र संघद्बारा गत मार्च सत्र तारिखमा पारित एक नौ सात तीन नम्बरको निर्णय प्रस्तावसित अनुकूल भएको पनि श्री आराउदले बताएका छन्।