ठुलो वर्षाका कारण देशभर बाढी पहिरो, दर्जनौको मृत्‍यु, कयौ वेपत्ता, मुलुकभरको जनजीवन अस्तव्यस्त

काँकडभिट्टा-  झापाको पृथ्वीनगरमा एक बालिकाको पोखरीमा डुवेर मृत्यु
भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पृथ्वीनगर ५ वस्ने राम राजवंशीकी छोरी १०
वर्षीया सुजाताको स्थानीय झरझरे पोखरीमा डुवेर मृत्यु भएको हो ।

सुजाता असार १५ गतेदेखि घरवाट वेपत्ता थिइन् । उनी शुक्रवार विहान पोखरीमा मृत
फेला परेकी हुन् । प्रहरीले उनको मृत्युको कारणवारे थप अनुसन्धान अगाडि वढाएको
डिएसपी विद्यानन्द माझीले जानकारी दिए । आफन्तले भने उनको हत्या भएको हुन सक्ने
आशंका गरेको छ ।

यसैवीच झापाको वाहुनडागीमा हात्ति आक्रमणवाट एक महिला सख्त घाइते भएकी छन् ।
वाहुनडागी ६ की २४ वर्षीया यशोधा विश्वकर्मा घाइते भएकी हुन् । शुक्रवार विहान घर
नजिकै घास काट्दै गरेकी विश्वकर्मालाई हात्तिले उचालेर पछारेको पीडितका पति
ज्ञानवहादुर विकले जानकारी दिए ।

उनलाई उपचारार्थ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ ।

बाढी पहिरोले धनजनको क्षति

लगातार परेको अविरल वर्षाले मुलुकको विभिन्न भागमा गएको बाढी पहिरोले धनजनको
क्षति पुर्‍याउनुका साथै जनजीवन अस्तव्यस्त बनाएको छ । पाल्पामा पहिरोमा च्यापिएर
दुई जना किशोरी संगै एक युवकको मृत्यु भएको छ । बुटवल र तनहुँमा कतिपय घर बगाएको छ
। सुनसरीमा वस्ती नै डुबानमा परेको छ । राजधानी काठमाडौंमा यस वर्षकै अत्यधिक वर्षा
भएको छ ।

पाल्पामा  त्यहाँ छुट्टा-छुट्टै
स्थानमा गएको पहिरोमा च्यापिर तीन जनाको मृत्यु भएको छ । पश्चिम पाल्पाको
पालुङ्मैनादी गाविस-६ दशैघरटोलमा पहिरोले गोठ बगाउँदा शुक्रवार विहान दुई किशोरीको
मृत्यु भएको छ ।

पहिरोमा परेर तल्लो माथिल्लो घरका १७ बर्षीया सिर्जना विक र १६ वर्षीया सुनिता
विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदीबहिनी संगैबसेर गोठको कोठामा पढिरहेको
अवस्थामा पहिरोसंगै बगाएको कुटमेराकोरुख ढलेर च्यापेको स्थानीय लिला कार्कीले बताए

पढेर बसेका उनीहरुको शुक्रवार विहान १ बजे पहिरो खसेर गोठ भत्किदा च्यापिएर
मृत्यु भएको हो । एसएलसीमा गणित विषय लागेर पुरक परीक्षाको तयारी गरेकी सिर्जना र
कालिका माविमा कक्षा १० पढ्ने सुनिता संगै बसेर पढ्ने गर्दै आएका थिए । गोठमा
बांधेर राखेको लैनौभैसी पहिरोले च्यापिएर मरेको छ । शुक्रवार विहान स्थानीय र
प्रहरीले पहिरो पन्छाएर शव बाहिर निकालेको छ ।

त्यस्तै,अविरल वर्षासंगै सडकमाथिबाट खसेको पहिरोले गुड्दै गरेको मोटरसाईकललाई
च्याप्दा मोटरसाइकलमा सवार एक यात्रुको मृत्यु भएको छ ।

बुटवलवाट पाल्पा आउदै गरेको लु ५ प १२७ नम्वरको मोटरसाईकल दोभान गाविसको झुम्सा
नजिकै पहिरोले च्यापेको हो । पहिरोले च्याप्दा मोटरसाईकल चालक रुपन्देही मधौलिया-७
का ३५ वषिर्य धर्मप्रसाद भण्डारी गम्भिर घाइते भएका थिए । पहिरोको दलदलबाट
स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनको लुम्विनी मेडिकल कलेज पाल्पामा
उपचारका क्रममा बिहीबार राती मृत्यू भएको प्रहरीले जनाएको छ । तीनदिन देखिको अविरल
वर्षाले सिद्धार्थ राजमार्गका दर्जनबढी स्थानमा पहिरो खस्दा गएरातीदेखि सवारी साधन
चल्न सकेका छैनन् ।

 

पहिरोले पुरिएर एक महिलाको मृत्यु र खोलाले बगाउदा एक महिला बेपत्ता

– प्रेमनारायण आचार्य

अर्घाखाँची १७ असार । अर्घाखाँचीको हंसपुर गाविसमा पहिरोमा घर पुरिएर एक महिलाको ज्यान गएको छ ।

हंसपुर गाविसको वाड नं ६ साखिन्दार निवासी चन्द्रबहादुर श्रीसको घर पहिरोमा पुरिएपछि श्रीसकी श्रीमतीको ज्यान गएको हो । उनको शब गाँउलले पहिरोवाट बाहिर निकालेका थिए । उनको नाम भने खुल्न सकेको छैन ।

त्यस्तै हंसपुर गाविसको वाड नं १ मा रहेको हिउ खोलाले बगाउदा एक महिला बेपत्ता भएकि छन् । महिलाको ब्यक्तिगत परिचयको बारेमा केहि थाहा नभएको स्थानीय ईन्द्र रेग्मीले बताएका छन् । उनको खोजीकार्य भैरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

त्यस्तै हंसपुर गाविसको वाड नं . ५ मा उदय थापाको त्रिसना मेडिकल भएको घर र हसपुर ४ कै केदार िसंह घर्तीको घर पनि पहिरोले पुरेको छ ।

सिद्वार्थराजमार्ग अवरुद्ध

अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग बिहीबार रातीदेखि अवरुद्ध
भएको छ । तल्लो सिद्धबाबा, विद्युत् हेडवक्स, रामफेदी, दोभान बजार नजिकै पहिरो गएको
छ ।

यस्तै तानसेन-वुटवल सडकको जरेपिपल, डुम्रे, हिउदेखोलामा पहिरो खसेको छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि पोखरा, गुल्मी, पाल्पातर्फवाट वुटवल, भैरहवातर्फ
हिडेका सवारी साधन बाटोमै रोकिएपछि त्यहाँ सवार सयौ यात्रुहरु अलपत्र परेका छन् ।
उता वुटवलवाट पाल्पा तर्फ आउने सवारी साधन वुटवलमै रोकिएका छन् ।

बुटवलतर्फवाट वाटो खुलाउन डोजर लगाईसकिएको र पाल्पा तर्फवाट पनि डोजर लगाउने
प्रहरीले जनाएको छ । पानी पर्न रोकिनासाथ डोजरले बाटो खुलाइने छ । तीन दिनदेखि
वषर्ा नरोकिएकोले डोजर लगाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासंगै पाल्पाका ग्रामिण सडक चिलाङ्गदी चापपानी, दर्लमडाडा सडक समेत
अवरुद्ध भएको छ । अविरल वर्षासंगै ग्रामिण सडकमा डोजर लगाएर खनिएका सबै सडकमा जीप
सेवा बन्द भएका छन् ।

विद्यालयसहित करिब आधा दर्जन घर बगायो

बुटवलको तिनाउ नदीमा आएको बाढीले एक विद्यालयसहित
करिब आधा दर्जन घर बगाएको छ । करिब एक सय घर जोखीममा परेका छन् । नदी तटबन्दनका
लागि माझगाउं सिरानमा बनाइएका दुईटा पक्की पर्खाल भत्काएर बाढी गाउंतिर सोझीदा
विनापाते निमावि बगाएको हो । विद्यालयसंगै नदी उकास क्षेत्र ओगटेर बनाइएका ६ घर पनि
बगाएको हो । तिनाउ नदी दुवैतिबाट उर्लेर बगेपछि नदी बीचको विनापातेमा बनाइएका एक सय
बढी घरपरिवार बीचमा अलपत्र परेका छन् । बुटवल नगरपालिका र जनताको तटबन्द
कार्यक्रमले ठाउंठाउंमा बनाएका तारजाली बगाउदा इटाभट्टी र नहरपुर क्षेत्रमा समेत
नदीले कटान सुरु गरेको छ ।

तनहुँको भिमाद ८ लहरोनीमा शुक्रवार
विहान पहिरो जाँदा ४ घरमा क्षति पुर्‍याएको छ । स्थानिय जिउकुमारी राना, तीलक
नेपाली, सोमकुमार श्रेष्ठ र छविलाल थापा मगरको घरमा माथिवाट आएको पहिरोले क्षति
पुर्‍याएको प्रहरीले जनाएको छ । पहिरोले जिउकुमारीको घरको भित्ता पुरिएको छ । पानी
गर्दै गरेकोले थप क्षति पुर्‍याउन सक्ने भएकोले उनीहरुलाई सुरक्षित स्थान तर्फ
सारिएको ईलाका प्रहरी कार्यलय भिमादका प्रहरी नायव निरिक्षकले वताए । त्यस्तै
पहिरोले पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी नजिकैको मार्किचोकमा खहरे वढेर
राजमार्गमा प्रवेश गर्दा विहानै देखि वजेदेखि सडक अवरुद्ध भएको छ ।

सुनसरीको पकली र दुहबीका दुई वडामा २
सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्वासी वस्तीका सयभन्दा बढी घर
परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका छन् भने दुहबी-४ मा १ जलमग्न
भएका सयभन्दा बढी घरका परिवारले प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरेका छन्
। पकली-५ मा ३ सय मिटर कच्ची सडकसमेत पानीले पुरेकोछ । बुढी खोलाले इटहरीदेखि
दुहबीसम्म झण्डै २ बिघा जग्गा कटान गरेकोछ । वषर्ाले हिलाम्य भएकाले साप्ताहिक हाट
बजारसमेत प्रभावित भएकाछन् ।

 

बाढीले नहर पुरेपछि
मुस्ताङमा विद्युत अवरुद्ध

म्याग्दी- अविरण झरी पछि बुधवार राती आएको बाढीले मुस्ताङको टुकुचे
गाविसमा रहेको चोखोपानी साना जलविद्युत आयोजनाको नहर पुरेपछि विद्युत उत्पादन बन्द
भएको छ ।

दुई सय ५० किलोवाट क्षमत्ताको चोखोपानी जलविधुत आयोजनाको नहर बाढीले पुरेपछि
हिमालपारीको जिल्ला दुई दिनदेखी अन्धकारमय छ । वषर्ा नरोकिएकोले आयोजनाको नहरमा
प्रवेश गरेको बाढीलाई तर्काउने र लेदो हटाउन नसकिएको आयोजना अन्तरगतको स्वेत भैरव
पावर स्ाप्लाई प्रालि जोमसोमका प्राबिधिक राजेन्द्र थकालीले बताए ।

विद्युत आपुर्ती हुन नसक्दा छुसाङ, झोङ, कागबेनी, मुक्तिनाथ, जोमसोम, टुकुचे,
मार्फा, कोवाङ, लेते र कुञ्जो गाविसमा विद्युत आपूर्ती बन्द भएको हो । लाईन मर्मत
गरी विद्युत आपुर्ती अवरुद्ध भएको प्राविधिक थकालीले बताए । म्याग्दी हुंदै
मुस्ताङ्गमा जोडिएको विधुतको केन्दि्रय प्रसाशरण लाईनमा पनि तीन दिनदेखी समस्या
आएको छ ।

यसैगरी जोमसोमका संञ्चारकर्मी चन्द्रेश्वर बास्ताकोटीका अनुसार प्रतिकुल मौसमका
कारण पााच दिनदेखि पोखरा जोमसोम हवाई उडान बन्द छ । पोखरा-जोमसोम रुटमा एयरलाइन्सले
दैनिक सरदर १० उडान भर्दै आएका छन् ।

अविरण वषर्ापछि बेनी-जोमसोम सडकको विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध
हुंदा यातायात पनि विच्छेद भएको छ ।

 

बागलुङ बुर्तिवाङ खण्डमा द&#23