अर्घाखाँचीको सन्धिखर्कमा स्थानीय शान्ति समितिले गरेको अन्तरकृया कार्यक्रममा द्धन्द्धपिडीतहरुले माओवादीले कब्जा गरेका घर सम्पत्ति अझै सम्म फिर्ता नभएको र फिर्ता गराउन समेत कहि कतै बाट पहल नभएको भन्दै द्धन्द्ध पिडीतहरुले आपत्ती प्रकट गरेका हुन् ।
कार्यक्रममा द्धन्द्ध पिडीत सुदीप ज्ञवालीले आफ्नो केरुंगा गाविस वाड न. १ बल्कोटमा रहेको घरमा २०६० साल बैसाख ९ गते लगाएको ताला अझै खुल्न नसकेकॊ बताएका छन् । उनले घरको ताला खुला गरिदिने वातारण सृजना गरिदिन सबै पक्षलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक गैरसरकारी सस्था महासघका अध्यक्ष गोपाल प्रसाद पन्थिले द्धन्द्ध समाप्त भएको ५ बर्ष बिति सक्दा समेत सिद्धारा गाविस निवासि लेखनाथ बेल्बासे दुर्गा बेल्बासे सुरेन्द्र बेल्बासे र नारायण बेल्बासेको सिद्धारा र जलुके गासिमा रहेको झण्डै १५ रोपनी जग्गा कब्जा गरि माओादी कार्यक्रताले खेती गरिरहेको बताउनु भयो ।
त्यस्तै सिद्धारामा एकवटा घरमा समेत माओवादीले द्धन्द्धको समयमा लगाएको ताला अझै खुल्न द्धन्द्ध पिडीत पुस्कर पोख्रेलले बताउनु भयो ।
अन्तरकि्रया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसराज घिमिरे स्थानीय बिकासअधिकारी पुण्य बिक्रम पौडेल जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा माओवादीका गोबिन्द केसी काग्रेसका बिष्णुप्रसाद खनाल मुस्कान एमालेका जनार्दन खनाल राजमोका शेरबहादुर बिसी एकिकृतका डिलाराम पाण्डे राप्रपाका देबीबहादुर खड्का जनमुक्ति पाटीका ईन्द्बहादुर गेलांग मानब अधिकारवादी प्रेमनारायण गैरे भोजबहादुर गन्धर्ब बिनोद कुवर द्रोणप्रसाद भुसाल नन्दराम भटराई पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि शहिद परिवारका धर्म भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम स्थानीय शान्ति समितिका संयोजक यमुना भुसालको अध्यक्षता सदस्य सृजना पोख्रेको संचालनमा सम्पन्न भएको हो ।