अर्घाखाँची – शिखर पुरुष स्व. गिरिजा प्रसाद कोईरालाको ८८ औं जन्मदिन नेपाली काग्रेस सन्धिखर्कमा भव्य रुपमा मनाएको छ ।
कोईरालाले गरेको योगदानको चर्चा गर्दै नेपाली राजनीतिका महत्वपुर्ण भुमिका खेलेको बोल्ने वक्ताहरुलो बताए । देश द्धन्दमा फसेको बेला माओवादीलाई शान्ति प्रकि्रयामा ल्याई देशमा शान्ती कायम गर्न महत्वपुर्ण भुमिका खेलेको विश्लेषण गरिएको थियो ।
काग्रेस अर्घाखाँचीले राखेको विचार अन्तरकि्रयामा काग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले कोईरालाले गरेको राजनीतिक भुमिका राष्टकै लागि महत्वपुर्ण भएको बताए । उनले कोईराला कै नेतृत्वमा दस वर्षे िहंम्सात्मक द्धन्दको अन्त्य भएकाले उनी शान्ति र लोकतन्त्रको पिता भएको बताए । कार्यक्रममा उनले १२ बुदे सम्झौता देखी हालसम्म गरेको हरेक सम्झौमा हस्ताक्षर गरेर पालना नगरेको आरोप लगाए । उनले झलनाथ खनालले पाँच बुदंे सम्झौता अनुसार राजीनामा दिई राष्टिय सहमतीका लागि मार्ग प्रशस्त नगर्दा देश अन्योलमा रहेको बताए ।
साथै थपिएको तीन महिना भित्रमा संविधान नबने काग्रेस तयसपछि आन्दोलनमा जाने पनि बताए । कार्यक्रममा काग्रेस नेताहरु सफर मियाँ लक्ष्मी श्रेष्ठ अशोक श्रेष्ठ देवराज श्रेष्ठ मुक्तिराम भण्डारी हेमन्त बेल्वासे मनिराम परियार लगायतले कोईरालाई चर्चा गरेका थिए । कार्यक्रम काग्रेस जिल्ला सचिव अधिवक्ता बावुदेव आचार्यको सभापतित्व र दुर्गा खनालको साचालनमा सम्पन्न भएको थियो ।
Editor Birendra KC contributed to this report.