यूरोपेली डलरको प्रयोग गर्ने क्षेत्रबाट ग्रीसका लागि पाँचौं खेपको ऋण दिने

विगत वर्षको सहायता सन्धिबमोजिम यूरोपेली डलरको प्रयोग गर्ने क्षेत्रका अर्थमन्त्रीले हिजो ग्रीसका लागि पाँचौं खेपको ऋण दिने निर्णय गर्नुभएको छ।

पाँचौं खेपको ऋणको कूल रकम बाह्र अर्ब यूरोपेली डलर छ। त्यसमध्ये यूरोपेली संघले आठ अर्ब 70 करोड यूरोपेली डलरको ऋण दिनुका साथै अनुमाणका अनुसार आगामी साता अन्तर्राष्ट्रिय मुद्रा कोषले बाँकी तीन अर्ब तीस करोड यूरोपेली डलरको ऋण दिने कुराको पारीत गर्ने छ। यस महिनाको 15 तारिखअघि सबै रकम ग्रीसले पाउने जनाइएको छ।

यूरोपेली संघले उक्त निर्णयको घोषणा गरेपछि ग्रीसका अर्थमन्त्री इभाङ्गेलोस भेनिचेलोसले ग्रीसले ऋण संकट हट्ने योजना व्यवहारमा प्रभावकारी रुपमा उतारेर सन् 2014सम्म अर्थतन्त्रको पुनःवृद्धि गर्नका लागि प्रयास गर्ने बताउनुभएको छ।