दृष्टिविहीन विद्यार्थीलाई पढाइमा समास्या

– कृष्ण खनाल

 

बुटवल २१ असार  । पढ्ने किताबहरु बे्रलमा हुदैन्न साथीले पढेको आधारमा आफुले लेखेर पढ्नु पर्दछ रेकर्ड गरेका चक्का सिडी पाइदैन्न पढ्नको लागी ग्राह्ॊ छू यो भनाई अर्घाखाँची जिल्लाको सिमलपानी गाविस वार्ड नं – ७ स्थायी घर भई  हाल रुपन्देहीको संकरनगरमा न्यु ईन्भारमेन्ट उच्च मा वि मा कक्षा- १२ मा पढ्दै गरेका २० बर्षिय दामोदर जिसि  हो । जन्मदातनै आँखाको दृश्य शक्ति  गुमाएर दृष्टिविहिन बनेका उनी उच्च मा वि का  विद्यार्थी हुन । कक्षा १ देखी ७ सम्म अर्घाखाचीको सन्धिखर्कमा रहेको युवाबर्ष जनता मा वि हटारीनेटामा पढेका उनी कक्षा ७  देखी एस एल सी सम्मको पढाई मणिग्राममा रहेको  शान्ती नमुना उच्च मावि मा पढेका हुन । अन्य विद्यार्थीहरुले जस्तो आँखाले देख्न नसकेपनी उनी एस एल सी परिक्षामा ७२ प्रतिशत अङ्क ल्याएर पास गरेका थिए । स्कुल स्तर मा एक दुई वटा ब्रेल मा लेखिएका पाठ्य पुस्तक पाइने गरेको भए पनी उच्च मावि तहमा कुनैपनी पाठ्य पुस्तक ब्रेलमा नपाईने भएको कारण उनी जस्ता कयौ  दृष्टिवीहीन  विद्यार्थीहरुलाई पढाइको लागी समस्या भएको बताएका छन । 

 

शिक्षाशास्त्र संकायमा आम संाचार तथा पत्रकारीता र नेपाली बिषय लिएर पढेका दामोदरले क्याम्पसमा शिक्षकले छिटो- छिटो पढाउने  गरेको कारण आफुले ब्रेलमा लेख्नको लागी समस्या आउने गरेको बताए । उनले भने -सरहरुले कहिले काहि आफुले लेख्न नपाउदै  छिटो नोट लेखाईदिने गरेको कारण  ब्रेलमा टिप्न ग्राह्ो हुन्छ  जस्को  लागी साथिको सहयोग लिने गरेको छु ।  के गर्ने किताव पढ्न पाईदैन सरले भनेको आधारमा परिक्षा दिनुपर्ने हुन्छ । शिक्षकहरुले एक पटक भनेका कुरा पुन सम्झेर  ब्रेलमा लेख्ने र पछी परिक्षाको समयमा त्यही पढेर जाँच दिनुपरेको समेत भन्दै उनले दुखेसो पोखे ।  आफुले पढ्ने पाठ्यक्रम  रेर्कड गरिएका चक्कासि।डीसमेत नपाउदा त्यसलाई सुनेर आफुले  पढ्नको लागी  नपाएको उनको गुनासो थियो । ु रेकर्ड गरीएका चक्का नै पाइदैन यदि पाइए पनी परिक्षा आउने बोलामा मात्र पाईन्छ त्यतीखेर पढेर के परिक्षा दिने ू उनले गुनासो पुगे । उनी मात्र होईन उनी संगै   क्याम्पसमा पढ्दै आएका गुल्मी जिल्लाा बलिथुम गा।वि।स। वार्ड नः-४ सिख्रका जिवन पोखरेल ले पनी  उच्च माविका किताबहरु ब्रेलमा  नपाईने गरेको कारण पढाईको  लागी अफ्ठारो परेको बताए । गुल्मी जिल्लाको जनज्वती उच्च मावि बाट प्रवेसीका परिक्षा मा ७१ प्रतिशत अंक ल्याएर पास गरेका उनी न्यु ईन्भारमेन्ट उच्च मावि मा पत्रकारीता र नेपाली विषय लिएर कक्षा १२ मा अध्यायन गदै आएका छन ।

 

विद्यालयमा शिक्षक तथा अन्य साथिहरुको व्यवहार राम्रो भएको भए पनी  ब्रेलमा किताब नपाईने गरेको कारण सोचे जस्तो पढ्न नसकेको बताए बे्रलमा परिक्षा दिन नपाउदा  समेत आफुले सोचे जस्तो  अंक ल्याउन सककेको भन्दै उनले ब्रेलमा नै परिक्षा दिन  पाउने  व्यवस्था सरकारले गरेमा  आफु जस्ता हजारौ विद्यार्थीहरु लाभांवित हुने उनको धारण थियो । उनले भने –  हामिले पढ्ने बिताब ब्रलमा सरकारले व्यवस्था गरिदिएमा पढाईमा सहयोग हुने थियो ।

 

अपाङ्गता क्षेत्रमा थुपै संघ संस्थाहरु खुलेको भए पनी दृष्टिवीहीन भएकाहरुका विद्यार्थीहरुले  ब्रेलमा लेखिएका किाताबहरुको अभावमा पढाईमा समश्या परेको बताइरहेका अपाङ्गता क्षेत्रमा काम गरिरहेका छौ भन्नु कती उचित हुन्छ । त्यसको लागी सरकार तथा अपाङ्गता क्षेत्रमा काम गर्ने  विभिन्न संघ -संस्थाहरुले उच्च मावि तहका विद्यार्थीहरुको  लागी ब्रलमा पुस्तक निर्माण गरेर वितरण गर्ने हो भने देशका हजारौ दृष्टिविहीन विद्यार्थीहरुले पढ्न पाउने थिए  त्यसैले यस्मा सरोकारबालाको ध्यान जानु जरुरी छ  ।

 




अन्य समाचारहरु