– प्रेमनारायण आचार्य
अर्घाखाँची २४ असार । बिगतमा टुकी र दियालो बाली अध्यारोमा बस्न बाध्य भएका अर्घाखाँची ढाकावाङका बासिन्दाहरु पहिलो पटक बिजुली बाल्न पाउदा अत्यन्तै हर्षित भएका छन् ।
ढाकाबांग ७ का बासिन्दाहरु टुकी र दियालो बाली वर्षौ देखि बसिरहेका स्थानीय बासिन्दाहरु पहिलो पटक बिजुली बाल्न पाउदा अत्यन्तै हर्षित भएको स्थानीय बासिन्दा कुलराज खनालले बताएका छन् ।
करिब २४ लाखको लागतमा बिजुली बलेको हो । बिजुली बलेपछि बिद्यार्थीहरुको पढाई राम्रो हुने घरमा बिजुली बाल्न रेडियो टेलिभिजन सुन्न तथा हेर्न कुटानी पिसानी मिल संचालन गर्ने स्थानीय बासिन्दाको भनाई रहेको छ ।
बिजुली बलेपछि ढाकावाङका करिब ६० घरपरिवार लाभान्वीत भएका छन् ।