लण्डन । बेलायतको चर्चित साप्ताहिक पत्रिका न्युज अफ् द वर्ल्ड टेलिफोन ह्याकिङ्ग विवादका कारण बन्द हुने भएको छ।
न्युज इन्टरनेश्नलका अध्यक्ष जेम्स मर्डोकले आउँदो आइतावार सम्म मात्र न्युज अफ् द वर्ल्डको अन्तिम अङ्क प्रकाशित हुने जानकारी दिनुभयो । पछिल्ला केही दिनमा पत्रिकाको नाम टेलिफोन ह्याकिङ्मा जोडिएको थियो । पत्रिकाले मिली डाउलर नामकी युवतीको हत्यापछि पनि टेलिफोन ह्याक गरेको आरोप लागेको थियो ।
मार्डोकका अनुसार पत्रिकाको पछिल्लो अङ्क बिक्रीबाट आएको रकम सार्वजनिक हितको काममा प्रयोग गरिने छ । एक सय ६८ वर्षदेखि प्रकाशित हुदै आएको पत्रिका बेलायतमा सबैभन्दा बढी बिक्री हुँदै आएको थियो ।
न्युज इन्टरनेशनलका प्रवक्ताले जनाए अनुसार पत्रिकामा कार्यरत २ सय कर्मचारीलाई अरु कुनै काम खोज्न आग्रह गरिएको छ ।