स्थानीय शान्ति समितिले द्धन्द्धको समयमा मारिएका परिवारका छोराछॊरीलाई शैक्षिक सामाग्री उपलब्ध गराए पछि यहाँका विधार्थीहरुको पढाई प्रति आकर्षण बढेको हो । द्धन्द्धवाट सवैभन्दा वढि प्रभावित अर्घाखाँचीमा शहिद परिवारका ६० जना बालवालिकाले विगत २ वर्ष देखि शैक्षिक सामाग्री पाउँदा पढाई प्रति ध्यान बढ्नुको साथै विद्यालय जान थालेका छन् ।
शान्ति समितिले शान्ति निर्माण प्रकि्रयालाई प्रत्यक्ष सहयोग पुर् याउने उद्धेश्यले जिल्लाका द्धन्द्ध प्रभावित वालवालिकाहरुलाई लक्षित गरेर विभिन्न खाले कार्यक्रम संचालन गर्दै आएको शान्ति समिति संयोजक यमुना भुसालले वताईन् ।