दक्षिण पाकिस्तानको बन्दरगाह शहर कराचीमा केही सशस्त्र तत्वहरुले दुई वटा बसमाथि आक्रमण गरेका छन्। जसबाट तेह्र जनाको मृत्यू हुनुका साथै तीस जना घाइते भएका छन्।
पाकिस्तानी प्रहरीले हिजो राती जनाएअनुसार , केही अझात व्यक्तिहरुले हतियार लिएर सोही दिन दिउँसो दुई वटा बसमाथि आक्रमण गरेका थिए। साथै गोलि पनि हानेका थिए। जसबाट उन्नतिस जनाको मृत्यु भएको छ।
तथ्याँकअनुसार पछिलो तीन दिनमा पाकिस्तानको कराचि शहरमा भएका आक्रमणमा परी मृत्यु हुनेहरुको सँख्या 65 जना पुगेको छ। प्रहरीका अनुसार यसअघि अवामि नेशनल पार्टीका एक जना नेता कराची शहरमा हमलामा परी घाइते भएको थियो ।