पणेना र पटौटीका कृषकहरु दुध बिक्री हुन नसक्दा चिन्तित

– प्रेमनारायण आचार्य

अर्घाखाँची २६ असार । अर्घाखाँचीको पणेना र पटौटी गाविसमा कृषकहरुले उत्पादन गरेको दुध सडक अबरुद्ध हुदा बिक्री हुन नसके पछि कृषकहरु चिन्तित बनेका छन् ।

सन्धिखर्क घुम्ती  तानसेन सडम खण्ड ठाउ ठाउमा पहिरो गएर अबरुद्ध हुदा पटौटी र पोखराथोक गाविसका झण्डै ६८  जना कृषकले उत्पादन गरेको दुध बिक्री हुन नसक्दा दैनिक ४ सय ५० लिटर दुध खेर गैरहेको पणेना कृषक नारायण पोख्रेलले बताएका छन् ।

पटौटी र पणेनाका कृषकहरुले उत्पादन गरेको ४ सय देखि ४ सय ५० लिटर दुध दैनिक संकलन गरेर तानसेन लैजाने गरिन्थ्यो ।

महंगौ पैसामा काठमाण्डौवाट किनेर ल्याई ब्यबसायीक रुपमा जसर्ी गाईपालन शुरु गरेका कृषकहरुलाई दुध बिक्री हुन नसक्दा हजारौ रुपिया घाटा लागेको छ ।

अन्य समाचारहरु