नेटोद्बारा गरिएको हवाइ आक्रमण तथा अन्य सैनिक कार्वाहीमा मारिएकाहरुका परिवारहरुलाई बीस हजार दीनार अर्थात् 16129अमेरिकी डलर बराबर क्षतिपूर्ति भत्ता दिने निर्णय हिजो लिबिया सरकारले गरेको छ।
यसका साथै लिबिया सरकारले हवाइ आक्रमणबाट अपाङ्ग बनाइएका अथवा दीर्घकालीन रुपमा कठिनाइमा पर्ने हरेक घाइतेलाई पन्ध्र हजार दीनार अर्थात् लगभग 12097अमेरिकी डलर बरारब रकम प्रदान गरिने छ।
लिबियाबाट प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार, बितेका तीन महिनामा नेटोद्बारा गरिएको हवाइ आक्रमणबाट लिबियाका आठ सय जनालाई मारिएको साथै चार हजार सात सय जना घाइते भएका छन।