भारतको नागरिक उड्डयन नियामकले सन् 2013 सम्ममा विदेशी पाइलटलाई भारतीय आकाशबाट हटाउने जनाएको छ ।
नागरिक उड्डयन नियामकका प्रमुख निर्देशक इ. के. भारत भूषणले सन् 2013 सम्ममा विदेशी पाइलटलाई भारतीय पाइलटबाट विस्थापित गर्ने आशा गरेको बताउनु भयो । साथै वहाँले विदेशी पाइलटलाई सन् 2013 को अन्तसम्ममा भारत छोड्न समयसीमा तोकेको पनि बताउनु भयो ।
हाल भारतमा 415 जना विदेशी पाइलट रहेको र 1300 जना भारतीय सह-पाइलट रहेका छन् ।