इस्लामावाद – अमेरिकी गुप्तचर निकाय (सीआईए) ले अल कायदा नेता ओसामा विन लादेनको परिवारको
डीएनए लिन पाकिस्तानको एब्बोटावादमा ‘नक्कली खोप
अभियान’ चलाएको विभिन्न स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले बताएका छन् ।
खोप कार्यक्रममा सीआईएले पाकिस्तानी वरिष्ठ चिकित्सक साकिल अफ्रिदीलाई नियुक्त
गरेका थिए । ‘तर विन लादेनको डीएनए पाउन सकेको वा नसकेकोबारे स्पष्ट भएको छैन, काम
सफल भएको थिएन,’ बेलायती पत्रिका गार्जियनले भनेको छ । अफ्रिदी पाकिस्तानी हिरासतमा
छन् । यसबारे सीआईएले टिप्पणी गर्न अस्वीकार गरेको छ । विन लादेन यसै वर्ष मे २ मा
एब्बोटावादस्थित घरमा लुकेको अवस्थामा अमेरिकी कारबाहीमा मारिएका थिए । विन लादेनको
घरमा पोलियो थोपा खुवाउने व्यवस्था मिलाएका स्वास्थ्य अधिकारी मे २ कारबाहीपछि
पक्राउ परेको पाकिस्तानी सैन्य स्रोतको भनाइलाई बीबीसी उर्दु सेवाले जनाएको छ ।
पोलियो खोपका लागि आएका केटाकेटीहरू पस्तो प्रखर रूपमा बोलेका थिए । उनीहरूलाई
बुर्का लगाएका एक महिलाले बाहिर ल्याएकी थिइन् । अझै हिरासतमा रहेका ती अधिकारी
अमेरिकी गुप्तचर एजेन्टसँग सहकार्यको आशंका भने गरिएको छैन ।
खोप अभियान निकै गरिब क्षेत्रबाट सुरु गरिएको थियो, जसले यसलाई थप आधिकारिक
बनाउन सक्ने पत्रिकाले जनाएको छ । एब्बोटावादको एक घरमा विन लादेनका सन्देशबाहक
पत्ता लागेपछि यो अभियान सीआईएले चलाएको थियो । कारबाही अघि अधिकारीहरूले विन
लादेनको बहिनीको डीएनए नमुना उक्त घरका व्यक्तिसँग दाँज्न चाहेका थिए । न्युयोर्क
टाइम्सले पनि विन लादेन त्यहाँ भए/नभएको जान्न खोप अभियान नियोजित रूपमा गरिएको
न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरेको छ । कारबाहीपछि विन लादेनका ३
पत्नी र थुप्रै केटाकेटी उक्त घरबाट पक्राउ परेका थिए ।
= एजेन्सी