अर्घाखाँचीका बिधालयमा रिक्त रहेका शिक्षक कोटा बाड्न पार्टीहरुको गोप्य छलफल

यूएई डेस्क) -असार ३० – अर्घाखाँचीबाट बिशेष स्रोतले जनाए अनुसार जिल्लाका बिद्यालयहरुमा रिक्त शिक्षकहरुमा राजनीतिक भागवण्डा गरि पुरा गर्नका लागि अर्घाखाँची जिल्लामा रहेका ४ ठुला राजनीतिक पार्टीहरु गोप्य छलफलमा जुटेको जानकारी हुन आएको छ।

बिज्ञापन भएका मध्ये जिल्लामा प्रा. वि. तहमा ३८, नि.मा.वि. तहमा १९, मा.वि.मा १५ र विज्ञापन नभएका मध्ये प्रा. वि. तहमा ३२,  नि.मा.वि. तहमा १४, मा.वि.मा ८ कोटा रिक्त भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

स्वस्थ्य प्रतिपर्धा गरी शिक्षक नियुक्ति गर्नु पर्नेमा जिल्लाका ठुला पार्टीहरु क्रमश : एकीकृत नेकपा माओबादी, नेपाली कांग्रेस, नेकपा एमाले  र राष्ट्रिय जनमोर्चाका नेताहरु शिक्षकमा आफ्ना कार्यकर्ता भर्ति गर्नका लागि गोप्य छलफलमा रहेको बुझिएको छ।

पार्टीहरुको यो शैली प्रति जिल्लाका जनताले दुख ब्यक्त गरेका छन्।

   

अन्य समाचारहरु