अर्घाखाँची – सर्पले टोकेर एक बालकको ज्यान गएको छ । जिल्लाको जलुके गाविसको साहडाँडा भन्ने गाउँका १२ वर्षीय दिपक नेपालीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
विहीवार विहान घरमै सुतिरहेको बेला घर भित्र पसेको हरियो सर्पले उनलाई टोकेपछि उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउन लैजादै गर्दा बोटोमै ज्यान गएको उनका वुवा दिल बहादुरले बताए ।
Editor Birendra KC contributed to this report.