भारतीय सुरक्षा विभागले मुंबई आतंकबादी आक्रमण भएको घटनास्थलमा नियन्त्रित रिकर्ड गरिएको भिडियोको विश्लेषण गरी गत तेह्र तारिखका दिन बम्वाइ आतंकबादी प्रहारमा संलग्न शंकास्पद व्यक्ति सम्बन्धि सूचना प्राप्त गरेको छ। उक्त जानकारी भारतको गृह मन्त्रालयका सचिव आर.के.सिंहले हिजो बताउनुभएको हो।
श्री सिंहका अनुसार, आतंककारी तत्वबाट चलाइएको मोटरसाइकलको स्वामीको हैसियतलाई निश्चित गरिसकिएको छ। आतंककारी तत्वले उक्त मोटरसाइकलमा बम राखेर बम्वाइको मोती-गहना बेच्ने खुला बजारमा राखेर विस्फोटन गराएको हो।
भारतीय प्रहरी तथा जासूसी विभागले पक्राउ गरिएका इन्डियन मुजाहिदीन संगठनका दुइ जना सदस्य लगायतका केही शंकास्पद व्यक्तिलाई सोधबुझ गरेका छन। यसका साथै प्रहरीले उक्त संगठनसँग सम्भावतः सम्बन्ध भएका व्यक्तिहरुलाई पनि चेवा र जांचबुझ गरिरहेको छ।
भारतको गृह मन्त्रालयले हिजो सार्वजनिक गरेको सबभन्दा पछिल्लो तथ्याङ्क वमोजिम, गत तेह्र तारिख राती बम्वाइमा भएको आतंकबादी हमलामा परी अठार जना मारिएका साथै एक सय तीस जना गम्भीर रुपमा घाइते भएका छन।
उक्त विस्फोटित काण्ड धेरै पटक गरी आतंकबादी प्रहार गर्दै आएको इन्डियन मुजाहिदीन संगठनले गरेको सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।