संयुक्त राष्ट्र संघद्बारा निर्णय-प्रस्ताव पारित गर्दै दक्षिण सुडानलाई संयुक्त राष्ट्र संघको नयाँ सदस्य मुलुक स्वीकार

            संयुक्त राष्ट्र संघको 65औं महाधिवेशनले हिजो एउटा निर्णय-प्रस्ताव पारित गर्दै पाँच दिन अघि स्थापना भएको गणतन्त्र दक्षिण सुडानलाई संयुक्त राष्ट्र संघको नयाँ सदस्य मुलुकको रुपमा स्वीकार गरिएको छ। गणतन्त्र दक्षिण सुडान यस वर्षको जुलाई नौ तारिखका दिन स्थापना भएको हो।

संयुक्त राष्ट्र संघका महा सचिव बान कि मुन लगायत अफ्रिका, एशिया, पूर्वी यूरोप आदि क्षेत्रका मुलुकहरुका प्रतिनिधिले दक्षिण सुडानलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

श्री बान कि मुनले सुडान र दक्षिण सुडानलाई सिमाना क्षेत्र तथा ऊर्जा श्रोत आदि समस्याको छिटो भन्दा छिटो समाधान गर्न आह्वान गर्नुभयो। उहाँले संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय समाज र दक्षिण सुडानका सरकार तथा जनतासँग-सँगै मिलेर शान्ति र समृद्ध बनाउनका लागि प्रयास गर्नुपर्ने पनि बताउनुभयो।