लीबियाका नेता ओमार मौआमेर अल गाद्दाफिले हिजो पन्ध्र तारिखका दिन राजधानी त्रिपोलिको पूर्वी भाग जलिदान क्षेत्रमा रिडियोमा सम्बोधन गर्नुभयो। केही पश्चिमी मुलुक तथा अन्तर्राष्ट्रिय संगठनहश्ररुले सरकार विरोधी समुदायको सत्ताको मान्यता गरिएको कुराबारे उहाँले असंतोष लागेको कुरा व्यक्त गर्नुभयो।
श्री गाद्दाफिले सैनिक कारवाहिलाई छिटो भन्दा छिटो रुपमा सम्पन्न गराएपछि लीबियाबाट आ-आफ्नो देशमा फिर्ता गर्नुपर्छ भनेर नेटोलाई माग गर्नुभयो। जुलाई महिनाको एक तारिखका दिनदेखि यता उहाँले आफ्ना समर्थकहरुलाई दिनुभएको सम्बोधन चौथो पटक हो।
पन्ध्र तारिखका दिन अमेरिका आदि बत्तीस वटा मुलुक तथा नेटोका सात वटा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरु सहभागी भएका लीबिया सम्बन्धी समस्याबारे चौथो पटक सम्मेलन टर्किमा आयोजित भयो। सो सम्मेलनमा लीबियाका सरकार विरोधी समुदायको सत्ताको मान्यता गरिएको छ। त्यसपछि लीबियाका सरकार विरोधी समुदायले एउटा वक्तव्य प्रकाशित गर्दै सो कुरालाई स्वागत गरेको छ।