येमनको विपक्षी पार्टी गठबन्धनको एउटा समुदायद्वारा अन्तरिम शासन समितिको गठन गर्ने घोषणा

यमनको विपक्षी पार्टी गठबन्धनको “युवा क्रान्ति समिति”नामक एउटा समुदायले  येमनको राजधानी सानामा एकतर्फी रुपमा अन्तरिम शासन समितिको गठन गर्ने घोषणा गरेको छ। जसको उद्देश्य येमनका राष्ट्रपति आलि अब्दुलाह सालेह आफ्नो ओहोदाबाट तल झरेपछि येमनको राज गर्न खोज्नु हो।

“युवा क्रान्ति समिति”द्वारा घोषित गरिए अनुसार, यस अन्तरिम शासन समितिका सत्र जना सदस्य छन्। तीमध्ये येमनका भूतपूर्व प्रधानमन्त्री आदास समावेश छन्।

येमनको प्रेस मन्त्रालयले हिजै एउटा पत्रकार सम्मेलनको आयोजना गरी जनाए अनुसार, श्री आलि अब्दुलाह सालेह येमनका बैधानिक राष्ट्रपति हुनुहुन्छ। उक्त समितिले वर्तमान सरकारलाई साटफेट गर्न सक्ने अधिकार छैन, बरु त्यसले येमनको स्वदेशको राजनीतिक संकटलाई अरु गम्भिर पार्नेछ।