काठमाडौ। नेपाल प्रहरीले तीनजना पाकिस्तानी नागरिकलाई नक्कली भारतीय नोटसहित आज काठमाडौँको सुन्धारामा रहेको सोनी होटलको कोठा नम्बर ११० बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाकिस्तान कराची घर हुने ५९ वर्षीय अकवर हुसेन, सोही स्थानका १९ वर्षीया अवर एरिवा र सोही स्थानका ३४ वर्र्षीय अली हैदर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु शनिबार राति गल्फ एयरको उडानबाट काठमाडौँ आएर यहाँको सुन्धारास्थित सो होटलमा बस्दै आएका थिए ।
उनीहरु बसेको कोठाभित्र कालो झोलामा लुकाएर राखेको प्रहरीले शङ्का लागि खानतलासी गर्र्दा उनीहरुको साथबाट नक्कली भारतीय रु १८ लाख ९९ हजार बरामद गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।
हाल उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले नक्कली नोट कारोबारमा अनुसन्धान गरिरहेको जनाएको छ ।