सदरमुकाम सन्धिखर्कबाट ९ कोष टाढा रहेको सिद्धारा वाड नं. १ को सिस्नेखोला पाँकुरी लामिदमार ठाडा खोला मीठेआँप नयाँबस्ती खारघाटका विद्यार्थीहरु गाउँमा स्कुल नभएपछि पढ्नबाट बिाचत भएका हुन् । सिद्धारा गाविस बाड नं. २ मा रहेको एउटा मात्र उच्च माविमा जान ६ देखि ९ घण्टा सम्म जान लाग्ने भएपछि यहाँका विद्यार्थीहरु पढ्नबाट बन्चित छन् ।
अधिकांश जनजाति तथा दलितहरुको बसोबास रहेको यस वार्ड मा ६ सय ५० परिवारको ३ हजार ९ सय जनसङ्ख्या रहेको छ । गाउँमा एउटा निमावि र २ वटँ प्रावि रहेका छन् । पाकुरी प्रावि लाई गत वर्ष देखि मात्रै स्थानीय बासिन्दाहरुले आफ्नै पहलमा निमावि बनाएका हुन । त्यहाँ १ देखि ६ सम्म पढाई हुने गरेको छ ।
बाल प्रावि ठाडाखोलामा १ देखी ५ सम्म र जनता प्राविमा १ देखि ३ सम्म पढाई हुने गरेको छ । गाउँमा साचालित प्राथमिक विद्यालयहरुको अवस्था पनि निक्कै नाजुक छ ।
पाकुरी निमाविमा प्राविका ३ वटा दरवन्दी वालप्राविका २ वटा दरवन्दी र जनता प्राविमा १ राहत कोटा मात्र रहेका छन् । पाँकुमा भवनको अवस्था जिर्ण रहेको छ ।
७ वर्ष पहिले बनाएको भवन गत वर्ष भत्किएकाले स्थानीयले पुन बनाएर आर्थिक अभावमा खरले छाएका छन् । तीनवटै विद्यालयमा चर्पी नभएका कारण विद्यार्थीहरुलाई निकै अप्ठ्यारो परेको छ ।