रौतहट – दाईजोको नाममा रौतहटमा फेरि एकजना महिलाले ज्यान गुमाएकी
छन् । चन्द्रनिगाहपुर-५ स्थित २२ वर्षीया किरण गुप्ताको दाईजको कारण हत्या गरिएको
उनका आफन्त जनले बताएका छन् ।
दाईजोमा सकारेको रकम नदिएको भन्दै किरणलाई उनको सासु र श्रीमान मिलेर आईतबार
राति हत्या गरेको मृतकका माईती पक्षले आरोप लगाएको छ । मृतक आफ्नै घरमा पंखामा
झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
प्रहरीले जानकारी नदिई लास उठाउन मुचुल्का बनाएको भन्दै माईती पक्षलाई पक्षले
केटाको घरमा तोडफोड गरे पछि राति देखि नै स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले लास
पोष्मार्टमको लागी जिल्ला लैजान गरेको प्रयास असफल भएको छ । घट्ना भएको गाउँमा
स्थानियबासीको संख्या बढेपछि सुरक्षाकर्मिले एक राउण्ड अश्रुग्यास समेत प्रहार
गरेको छ । प्रहरीले घटनामा संलग्न केटा र आमालाई राति देखी नै घरमा थुनेर राखेको छ
।
किरणलाई उनका श्रीमान गुडु साह र आमा उर्मिलादेबि साहले मिलेर हत्या गरेर लास
पंखामा झुण्डाएको केटीका दाजु बद्रि साहले बताए ।
आईतबार बिहान देखि केटाका आमाले केटिको आमा सँग दाईजो बापत दिनु पर्ने रकम दिन
दबाब दिदै आएको माईती पक्षले बताएको छ । रकम नदिएकाले छोरीको हत्या गरिएको मृतककी
आमा सम्पदा देबिले बताईन ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मिले माईती पक्षलाई थाहा नै
नदिई केटिको लास उठाउन मुचुल्का तयार गरेपछि तनाब बढेको हो । घट्नामा सँलग्नलाई हदै
सम्मको सजाय हुनु पर्ने माग राख्दै पिडित परिबारले राति देखी नै केटाको घर घेरेर
बसेका छन ।
०६८ जेठ १५ गते गुडु र किरणको बिबाह भएको थियो । बिबाहमा केटि पक्षले नगद तथा
गरगहना दिएको थियो । तर दाइजोको केहि रकम बाँकी रहेको र दिन दबाब दिए पछि अफूहरुले
दिने प्रतिबद्धता जनाएको मृतकका दाजु बदि्रले बतए । रौतहटमा दाईजोको कारण १६
महिनामा १० महिलाको हत्या भईसकेको छ ।