स्थानीय शान्ति समिति अर्घाखाँचीको संयोजकमा विष्णु खनाल मुस्कानु

– शोभाखर पन्थी

अर्घाखाँची साउन २ । स्थानीय शान्ति समिति अर्घाखाँचीको संयोजकमा विष्णु प्रसाद खनाल मुस्कान चयन हुनु भएको छ । शान्ति समितिको आज सम्पन्न बैठकले नेपाली कांग्रेसको तर्फबाट शान्ति समितिमा प्रतिनिधित्व गर्ने  नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति मुस्कानलाई संयोजक चयन गरेको हो ।
 
स्थानीय शान्ति समितिको यस अघि माओवादीका जिल्ला इन्चार्ज चन्द्र ब. खड्का उज्जवल राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी. संयोजक भईसक्नु भएको छ भने निवर्तमान संयोजक नेकपा एकिकृत क्रान्तिकारीका यमुना भुसाल रहनु भएको थियो ।
 
जिल्लामा ६-६ महिनामा स्थानीय शान्ति समितिका संयोजक परिवर्तन गरिने निर्णय भएको भएपनि निवर्तमान संयोजक भुसाल एक वर्ष देखि संयोजक बन्दै आउनु भएको थियो । स्थानीय शान्ति समितिका संयोजक मूस्कान सामुदायिक रेडियो अर्घाखाँचीका अध्यक्ष नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष समेत रहनु भएको छ ।

अन्य समाचारहरु