जिविस अनुदानमा वृद्धि

– शोभाखर पन्थी

साउन-३ अर्घाखाँची ।  सरकारले जिविसलाई दिदै आएको अनुदान रकम अर्घाखाँचीमा यस वर्ष २५५ ले बृद्धि हुने भएको छ ।

स्थानीय विकास मन्त्रालयको न्युनतम सर्त र कार्य सम्पादन मापनमा अर्घाखाँची जिविस छैठौ स्थानमा आएपछि जिल्लामा दिइदै आएको अनुदानमा बृद्धि हुने भएको हो । स्थानीय स्वायत्त शासन वित्त व्यवस्थापन पारदर्शिता सु-शासन बेरुजु पछयौटे लक्षीत क्षेत्रमा लगानी गर्नुका साथै जिल्लाको समग्र विकासमा योगदान पुर् याउने जिविसलाई सरकारले न्युनतम सर्त र कार्य सम्पादनको आधारमा छनौट गरी पुरस्कार र दण्डको व्यवस्था गरेको छ ।

जिविस अर्घाखाँचीले राम्रो काम गरेवापत पुरस्कार स्वरुप थप अनुदान पाउने भएको जिल्ला विकास समिती जनाएको छ ।

अर्घाखाँची जिविस मुलुक भरिका जिविसमध्ये ७३ अंक ल्याएर छैठौ स्थानमा आउनुमा राजनीतिक दलहरुको बीचमा सहमति विकास प्रतिको मोह जिविसका कर्मचारीको कि्रयाशिलता र सबै पक्षको सहयोगले मद्दत पुर् याएको स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेलले बताए ।

उनले अघिल्लो वर्ष देखिएका कमजोरीहरुलाई हटाएर यस आर्थिक वर्षको मुल्याङ्कनमा देशकै प्रथम जिविस बन्ने प्रयास गर्ने बताए ।    

अन्य समाचारहरु