अमेरिकी विदेश मन्त्री भारत र अमेरिकाबीचको दोस्रो रणनैतिक वार्तामा

अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन भारतको 3 दिने भ्रमण गर्न  आफ्नो नेतृत्वको प्रतिनिधी मण्डलसहित नयाँ दिल्लीमा पुग्नुभएको छ।भारत भ्रमणको अवसरमा श्रीमती हिलारी भारत र अमेरिकाबीचको दोस्रो रणनैतिक वार्तामा उपस्थित हुनुका साथै भारतीय प्रधानमन्त्री मनमोहन सिंह लगायत भारतका पदाधिकारीहरुसंग भारत र अमेरिकाबीचको सम्बन्ध लगायत अनेकौं विषयमा छलफल गर्नुहुने छ।

अमेरिकी विदेश मन्त्री हिलारी भोली भारतको दक्षिणी भागमा पर्ने छिन्ने शहर जानुहुनेछ।यसका साथै उहाँले त्यहाँ भारतमा रहेका अमेरिकी व्यवसायका प्रतिनिधिहरुसंग भेट-वार्ता गरेपछि भारतको भ्रमण समापन गर्नुहुने छ।