संयुक्त राष्ट्र संघका अधिकारी इराकको भविष्यप्रति होशियारी र आशावादी

इराक समस्यासम्बन्धी संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि अड मल्कर्टले हिजो संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा प्रवचन दिँदै उहाँले इराकको भविष्यप्रति “होशियारी र आशावादी धारणा” लिएको कुरा बताउनुभएको छ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले हिजो बैठकको आयोजना गरी इराकको परिस्थितिबारे श्री मल्कर्टबाट जानकारी लिएको छ। श्री मल्कर्टले इराक सरकारको गठन प्रक्रियाले प्रगति हासिल गरेको र हाल इराकको अर्थतन्त्र 10 प्रतिशतभन्दा बढीले निरन्तर रुपमा बृद्धि हुने कुरा बताउनुभयो।

यसका साथै श्री मल्कर्टले इराकको सामु सधैं नै धेरै चुनौती देखापरेको, इराकको गरिबी दर 23प्रतिशत पुगेको र भविष्यमा गरिबी अस्थिर रुपमा जोखिम बन्ने सम्भावना रहेको पनि बताउनुभयो।