पाकिस्तानको विदेश मन्त्रालयले एक वक्तव्य प्रकाशित गर्दै पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारीले हिना रब्बानी खारलाई पाकिस्तानको विदेश मन्त्री पदमा नियुक्त गर्ने निर्णय गर्नुभएको र हिना पाकिस्तानको इतिहासमा प्रथम महिला विदेश मन्त्री बन्नुभएको जनाएको छ।
उक्त वक्तव्यअनुसार, हिना रब्बानीले यस हप्ता पाकिस्तानको प्रतिनिधि मण्डलको नेतृत्व गरी इन्डोनेशियाको भ्रमण गर्नुका साथै आशियानको क्षेत्रीय मञ्चमा भाग लिनुहुने कार्यक्रम छ। त्यसपछि हिनाले भारतका विदेश मन्त्री एस.एम.कृष्णसँग विदेश मन्त्रीहरुको द्बिपक्षीय वार्ता गर्न भारत जानुहुने छ।
34 वर्षीय हिना पाकिस्तानको सबैभन्दा कम उमेरको विदेश मन्त्री हुनुहुन्छ।