अर्घाखाँची ५ असार । नयाँ नेतृत्वको चयन गर्दै गणतान्त्रिक मंच अर्घाखाँचीको भेला सम्पन्न भएको छ । भेलाले सुवास चन्द्र बजाडेको अध्यक्षँतामा ११ सदस्यीय समितीको चयन गरेको छ ।
भेलाको उद्घाटन गर्दै माओबादी जिल्ला सेक्रेटरी ठाकुर कुमार विक किसोरले शिक्षकका समस्याप्रति राज्य उदासिन भएको बताउँदै सबै किसिमका शिक्षँकहरुलाई समान व्यबहार गर्न राज्यसंग आग्रह गरे ।
कार्यक्रममा अखिल नेपाल शिक्षँक संगठनका केन्द्रिय सदस्य मान बहादुर पाण्डे अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य राजेन्द्र आचार्य अखिल नेपाल शिक्षँक संगठनका उपाध्यक्षँ युवराज भुसाल लगायतले मन्तव्य राखेका थिए ।