अर्घाखाँचीमा द्धन्द्ध पिडित पहिचान गर्न आयोग

– शोभाखर पन्थी
 
साउन ५ अर्घाखाँची । वास्तविक द्धन्द्ध पिडितहरुले अझैपनि राहत पाउन नसकेको भन्दै नेकपा एमालेले द्धन्द्ध पिडितहरुको पहिचानका लागी आयोग बनाएको छ ।
एमाले अर्घाखाँचीको बैठकले द्धन्द्ध पिडितहरुको पहिचान गरेर प्रतिवेदन पेश गर्न जिल्ला कमिटीका सचिव दल बहादुर भट्टराईको अध्यक्षतामा ६ सदस्यिय समिती गठन गरेको छ ।

समितीको सदस्यहरुमा प्रेमनारायण गैरे पिताम्बर भुसाल ख जिवनारायण कोइराला तिलक मिश्र र खिम प्रसाद मरासिनी छन् ।

समितीको प्रतिवेदनको आधारमा राहत मागको लागि सरकार सँग माग गर्ने एमालेले जनाएको छ ।

एमाले बैठकले विगतका पार्टीका कामको समिक्षा गर्नुका साथै नयाँ योजना समेत बनाएको एमाले प्रचार विभाग प्रमुख प्रेमनारायण गैरेले बताए ।

 

अन्य समाचारहरु