बल्कोटमा बाँदर भगाउन घाँसखेती

– शोभाखर पन्थी

साउन ५ अर्घाखाँची । बाँदरले सताएपछि अर्घाखाँची जिल्लाको बल्कोट गाविसका कृषकहरुले मोलासेस घाँसको खेती गर्न थालेका छन् । 
 
बल्कोटको वार्ड नं. ३ मा कृषकले लगाएको खेतीबाली जोगाउन कृषकहरुले घाँसखेती गरेका हुन । 
 
बल्कोट ३ का १ सय ३० परिबारले गाउँमा घासखेती समुह बनाएर मोलासेस खेतीगरी मनग्य आम्दानी गरेका छन् । कृषकहरुले खेतबारीका काल्ना र बाँझो खरबारीमा मोलासेस खेती गर्दै आएकोमा २ वर्ष यत भने मकै खाने बारी र धानखाने खेतमा समेत घाँस खेती गरेका छन् ।
 
घाँसखेती कारण गाँउमा पशुपालन गर्नेहरुको सख्यामा वृद्धि भएको छ ।   गाईभैँसीले प्रयाप्त दुध दिनुका साथै घाँसको विउ विकि्रबाट समेत मनग्य आम्दानी भएपछि कृषकहरुले अरुखेती छोडेर घाँसखेती गर्न थालेको मालीका हरियाली घाँस विकास महिला समुहका अध्यक्षँ पार्वता श्रष्ठले बताईन । 
 
गाउँमा घासको विउविकि्रबाट प्रत्येक कृषकहरुले १० देखि ३० हजार सम्म आम्दानी गरेका छन् ।
 
गाँउमा  मोलासेसका अतिरिक्त स्टाईलो नेपियर  इपिल डिपिल  ज्वाइन भेज  दिनानाथ लगायतका घाँस खेतीले ढाकेको छ । पोसिलो घास खुवाएपछि पशु चौपायाहरु मोटाउनुका साथै पहिले भन्दा गाई भैसीले तीन गुना बढी  दुध दिन थालेको कृषकहरुको भनाई छ ।
गाई भैसीले प्रयाप्त दुध दिन थालेपछि दुध र घिउबाट प्रयाप्त आम्दानी लिन पाएकोमा बल्कोट ३ की टोपादेवी श्रेष्ठ निकै खुशी छन् । उनले पोसिलो घासका कारण बोका खसी विक्रीबाट समेत वर्षमा ४० हजार कमाउने बताईन ।
 

अन्य समाचारहरु