भारतीय माओवादीद्बारा छत्तिसगढ राज्यमा पहिलो पटक राजनीतिक नेताहरुमाथि सांघातिक आक्रमण, चारजनाको मृत्यु

भारतीय माओवादीले छत्तिसगढ राज्यमा पहिलो पटक राजनीतिक नेताहरुमाथि सांघातिक आक्रमण
गरेका छन् । माओवादीले किसान -यालीबाट फर्कदै गरेका कांग्रेस लगायत विभिन्न दलका
नेताहरुलाई देवभागको एउटा पुल ध्वस्त बनाउदै आक्रमण गरेका थिए ।

 माओवादीले विष्फोट
लगत्तै नेताहरु सवार गाडीमा गोली चलाएका थिए । घटनामा चारजनाको मृत्यु भएको छन भने
अरु धेरै घाइते भएको बताइएको छ । आक्रमणमा छत्तिसगढ राज्यका कांग्रेस अध्यक्ष
नन्दकुमार पटेल ,विपक्षी नेता रविन्द्र लगायतका अरु नेता भने बांच्न सफल भएका छन् ।
भारतमा सन् ६० को दशकबाट शुरु भएको माओवादी आन्दोलनको प्रभाव अहिले पूरै भारतभर
पर्न थालेको छ ।