ऋणमा चुर्लुम्म डुबेको युरोपेली मुलुक ग्रीसको आर्थिक संकट टार्न यूरोपेली मुलुकका नेताहरुले नयाँ आर्थिक सम्झौता

ऋणमा चुर्लुम्म डुबेको युरोपेली मुलुक ग्रीसको आर्थिक संकट टार्न यूरोपेली मुलुकका
नेताहरुले नयाँ आर्थिक सम्झौता गरेका छन् । बेल्जियमको ब्रसेल्समा भएको १७ यूरोपेली
मुलुकका नेताहरुको सम्मेलनमा ग्रीसका लागि नयाँ सहायता सम्झौतामा सहमति भएको हो । 

 यूरोपेली परिषदका अध्यक्ष ह्यारम्यान ब्यान राँम्पाउका अनुसार यूरोपेली संघ,
अन्तराष्ट्रिय मुद्राकोष र नीजि क्षेत्रको सहयोगमा १ सय ५५ अर्ब डलर राशीको राहत
प्याकेज दिइन लागिएको हो । ग्रीसलाई दिइने ऋणमा कम ब्याज लगाइने र अवधी पनि बढाइएको
भएको छ । यो प्याकेजमा बैंक र निजी क्षेत्रको ३७ अर्ब यूरो योगदान रहनेछ । यता नयाँ
सम्झौताबाट यूरोपेली मुलुकहरुको बित्तिय बजारमा सकारात्मक प्रभाब देखिन शुरु
भइसकेको छ । अमेरिकी शेयर बजारमा १ दशमलव ३ प्रतिशतले बृद्धि भएको छ भने मिलानमा
शेयरको भाउ ४ प्रतिशत र स्पेनमा ३ प्रतिशतले बढोत्तरी भएको छ ।
ग्रीस आर्थिक
संकटमा फसे यता युरोपेली मुलुक स्पेन र पोर्चुगलमा पनि आर्थिक संकट देखा परेको थियो
भने संकट टार्न युरोपेली मुलकहरुले विभिन्न आर्थिक कार्यक्रम ल्याउदैछन ।