चर्को खडेरीको मारमा परेको अफ्रीकी मुलुक सोमालियाका राष्ट्रपति शेख अहमदद्बारा अन्तराष्ट्रिय सहयोगका लागि आव्हान

चर्को खडेरीको मारमा परेको अफ्रीकी मुलुक सोमालियाका राष्ट्रपति शेख शरिफ शेख
अहमदले अन्तराष्ट्रिय सहयोगका लागि आव्हान गर्नुभएको छ । भोकमरीले जनताको अबस्था
निकै खतरा र पीडादायक बनेको भन्दै उहाँले सहयोगमा ढिलाई भए भयावह स्थिति आउने
चेतावनी दिनुभयो । 

आफनै निबास मोगादिसुमा सिएनएन सँगको अन्तर्वातामा राष्ट्रपति
अहमदले सोमालिया र बोर्डरका आधा भन्दा बढी जनसंख्या खाद्य अभावमा छट्पटिरहेकोले
तत्काल सहयोगको अपिल गर्नुभएको हो । 
यसअघि अमेरिकाले सोमालियाका अनिकालग्रस्त
क्षेत्रमा खाद्यान्न सहयोग गर्ने जनाएको थियो । इस्लामी समुह अल शवावको नियन्त्रणमा
रहेको अनिकालग्रस्त क्षेत्रमा सहायता सामाग्री पठाउन अमेरिका तयार भएपनि सहायता
सामाग्री बितरणमा अल शवाव बाधक बन्न नहुने शर्त उसको छ । 
उता राष्ट्रसंघले दक्षिणी
सोमालियाका दुई प्रान्तलाई अनिकालग्रस्त क्षेत्र घोषीत गरिसकेको छ । गत बर्ष उक्त
समुहले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरुमा विदेशी सहायतामा रोक लगाएको थियो
खडेरीका कारण करिब ३० प्रतिशत बालकालिका कुपोषणबाट ग्रस्त छन् भने बालमृत्युदर र
मातृमृत्यु दर पनि उच्च हुदै गएको छ ।