अमेरिकाको मध्य र पूर्वी क्षेत्रका राज्यहरुमा तापमान र सापेक्षिक आर्दता बढ्दा
मर्नेको संख्या २२ पुगेको छ । तापमान वृद्धिको प्रभाव अझै लम्बिने अनुमान गरिएकाले
मर्नेको संख्या अभै बढ्न सक्ने बताइएको छ । दक्षिणी डकोटामा १५ सय जनावर पनि
तापक्रमकै कारण मरेका छन् ।
अमेरिकी मौसम विभागले तापमान र सापेक्षिक आर्दताको
स्थिति खतरनाक रहेको जनाएको छ । अमेरिकी जनसंख्याको आधाभन्दा बढी अहिले बढ्दो
तापमानको असरमा पर्नसक्ने भन्दै सचेत गराइएको छ । धरैजसो ठाउँमा ३८ डिग्री
सेल्सियसभन्दा बढी तापक्रप मापन गरिएको छ ।
यो महिनाको तापमानले अमेरिकामा रेकर्ड
गरिएका हजारभन्दा बढी तापमानको रेकर्ड तोडेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा
प्रत्येक वर्ष तापमानमा हुने वृद्धिका कारण १ सय ६२ भन्दा बढीको ज्यान जाने गरेको छ
।