श्रीलंकाको जाफ्ना लगायतका उत्तरी क्षेत्रमा २९ वर्ष पछि पहिलो पटक स्थानीय निकायको
निर्वाचन भएको छ । विगतमा तमिल विद्रोहीको नियन्त्रणमा रहेको यो क्षेत्र गृहयुद्धको
चपेटामा परेका कारण वर्षौं सम्म निर्वाचन हुन सकेको थिएन । स्थानीय निकायको
निर्वाचन भएपनि यसले श्रीलंकाको राजनीतिमा निकै महत्व राख्ने विश्लेषण गरिएको छ ।
उत्तरी श्रीलंकामा राष्ट्रपति महिन्दा राजापाक्षेको पार्टी कम लोकप्रिय रहेको छ ।
गत वर्ष सम्पन्न राष्ट्रपतिय निर्वाचनमा यहां सैनिक जनरल सरथ फोन्सेकाको पक्षमा
भारी मत खसेको थियो । चुनावी हिंसाका क्रममा अनुराधापूरामा भएको झडपमा सत्ताधारी
पाटीका एकजना समर्थकको मृत्यु भएको छ । विपक्षी तमिल नेशनल कांग्रेस लगायतका
दलहरुले चुनावमा सरकार समर्थित दलहरुले सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोप
लगाएका छन् ।
निर्वाचनमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ । श्रीलंकामा सन्
२००९ को मे महिनामा तमिल विद्रोही पराजित भएपछि २५ वर्षे लामो गृहयुद्ध समाप्त भएको
थियो ।