इरानको राजधानी तेहरानमा परमाणु वैज्ञानिक दरयूश रेजाईको हत्या

इरानको राजधानी तेहरानमा परमाणु वैज्ञानिक दरयूश रेजाईको हत्या भएको छ । रेजाइको
उनकै निवासमा अज्ञात ब्यक्तिले गोली हानी हत्या गरेका हुन् । मोटरसाइकलमा आएका
अज्ञात व्यक्तिले गरेको आक्रमणमा रेजाईकी पत्नी घाइते भएको बताइएको छ ।
भौतिकशास्त्रका प्राध्यापक ३५ वर्षिय रेजाईको इरानको परमाणु उर्जा संस्थासंग
सम्बन्ध थियो ।

 इरानमा पछिल्लो समय परमाणु वैज्ञानिकहरु आक्रमणको निशानमा परिरहेका
छन् । इरानले आक्रमणमा अमेरिका र इजरायाली गुप्तचर एजेन्सीको हात रहेको आरोप
लगाउँदै आएको छ । पश्चिमा मुलुकहरुले इरानले परमाणु हतियार विकसित गरेको अरोप
लगाउदै सैनिक कारवाहीको चेतावनी दिइरहेका छन् ।

तर इरानले भने आफ्नो परमाणु
कार्यक्रम शान्तिपूर्ण उद्धेश्यका लागि भएको दाबी गर्दै आएको छ ।