काठमाडौ । नेपालमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) लागू भएपछि साउन ५ गतेसम्म एक लाख ७४ हजार ६१२ राहदानी वितरण भएको परराष्ट्र मन्त्रालयका राहदानी महाशाखाका उपसचिव तापस अधिकारीले जानकारी दिए ।
नागरिकको सुविधालाई ध्यानमा राखी ४१ ठाउँबाट राहदानी वितरण गर्ने प्रबन्ध मिलाए पनि बाँकी जिल्लाहरुमा सो सुविधा पुग्न अझै समय लाग्ने बताइएको छ ।