विद्यार्थीको रोजाईमा बन्दै पत्रकारिता

– कृष्ण खनाल

बुटवल १० साउन  । पछील्ला समयमा संचार माध्ययमको बढ्दो विकास तथा सामाजिक प्रतिष्ठाको पेशा बन्दै गएपछि आम संचार तथा पत्रकारीता विषय विद्यार्थीहरुको रोजाइमा पर्न थालेको छ ।

रुपन्देहीमा पत्रकारिता  विषयमा  अध्यापन गराउने क्याम्पसहरुको  संख्या केहि बर्ष यता बढ्दै गएको छ । पछिल्लो समयमा विद्यार्थीहरुको राजाई बन्न थालेपछी क्याम्सहरुले आम संचार तथा पत्रकारीता विषय पढाउन शुरु गरेका छन । सामाजिक प्रतिष्ठाको विषय हुनुको साथै छोटो समयमा नै समाजमा नाम कमाउन सकिने हुदा  आम संचार तथा पत्रकारीता रोजाईमा परेको विद्यार्थीहरु बताउछन् । ३ बर्ष यता आम संचार तथा पत्रकारीता विषय अध्यापन गराउदै आएकी  न्यु ईन्भारमेन्ट उच्च मावि मणिग्राम की कविता पन्थी ले  आम संचार तथा पत्रकारीता प्रतिष्ठाको  विषय भएको कारण विस्तारै विद्यार्थीहरुको रुचि बढ्दै गएको कारण  प्रवेशिका परिक्षामा विशिष्ट श्रेणीमा उर्तिण भएका विद्यार्थिहरुले समेत आम संचार तथा पत्रकारीता विषय रोजेको बताईन ।

उनले छोटो समयमानै आम जनतामाझ परीचित हुने गतिलो माध्ययम तथा आम संचार तथा पत्रकारीताको अध्ययन पश्चात कार्यालयसम्बन्धी सचार क्षेत्रमा काम गर्नको लागी समेत सहयोगी हुने भएकोले आम संचार विषय रोजाईमा परेको बताउछिन् । कालिका उच्च माविमा आम सचार र पत्रकारीता विषय अध्यापन गराउदै आएका युवराज कंडेलले पछिल्लो समयमा पढेर पत्रकारीता गर्ने लहर चलेका कारण संचार माध्ययमा आवद्ध संचार कर्मिहरुले समेत पत्रकारीता विषय पढ्ने गरेको बताए । न्यु लाईट उच्च्मविका आम संचार तथा पत्रकारीतामा आर्थिक रुपमा त्यती सवल हुन नसक्ने भन्ने विद्यार्थीहरुको धारण रहेको भए पनी विद्यार्थीहरुले आम संचार तथा पत्रकारीताको रुचि कम नभएको जानकारी दिए । उच्च् माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन लिएर रुपन्देहीका ७ वटा उच्च् माविले आम संचार तथा पत्रकारीता विषय  अध्यापन गराउदै आएका छन ।

कालिका उच्च मावि कालिकानगरमा कक्षा १२ मा २३ जना कक्षा ११ मा ८ जना सुनगाभा उच्च् मावि पक्लीहवामा कक्षा १२ मा ३४ कक्षा ११ मा ३० जना न्यु ईन्भारमेन्ट उच्च माविमा कक्षा १२ मा ५० जना कक्षा ११ मा २५ जना न्यु लाईट उच्च मावि मा कक्षा १२ मा ११ जना क्यान्न उच्च मावि मा कक्षा १२ मा १९ जना  विद्यार्थिहरुले अध्यापन गराउदै आएको विद्यालयले जनाएको छ । त्यस्तै रुपन्देहीका  पत्रकारीता अध्यापन गराउने उच्च माविहरु अक्सफोर्ड उच्च मावि बुटवल र पशुपती उच्च् मावि कोटीहवा रहेका छन ।