बेलायती विदेशमन्त्री विलियम हेगले गद्धाफीले सत्ता छोडेमा लिवियामा नै बस्न सक्ने
बताउनु भएको छ । लण्डनमा पत्रकारहरुसंग कुरा गर्दै विदेशमन्त्री हेगले गद्धाफीले
लिविया छोड्नु पर्ने बेलायती धारणा रहे पनि यसको फैसला लिवियाली जनताको हातमा रहेको
बताउनु भयो ।
लिवियामा चार महिनादेखी जारी नेटो गठबन्धनको सैन्य कारवाही अन्त्य
गर्नको लागि शान्ति सम्झौताको प्रयास तिब्र भैरहेको बेला बेलायती विदेशमन्त्रीको
यस्तो भनाई सार्वजनिक भएको हो । फ्रान्सका विदेशमन्त्री एलेन जुप्पेले पनि
गद्धाफीले सत्ता छोड्नु पर्ने र उनी स्वदेशमै रहन सक्ने विषयको फैसला लिवियाली
जनताले गर्नु पर्ने स्पष्ट पार्नु भयो । चार महिना अघि सैन्य कारवाही शुरु नगरेको
भए बेनघाजीमा ठूलो नरसंहार हुनसक्ने जुप्पेको भनाई थियो ।
लिवियाका विपक्षी
नेताहरुले पनि गद्धाफीले सत्ता छोडेमा उनी र उनको परिवार लिवियामा नै रहन सक्ने
संकेत गरेका छन् ।