बङ्गलादेशले भारतका भूतपूर्व प्रधान मन्त्री ईन्दिरा गान्धीलाई बङ्गलादेशको सर्वोच्च सम्मान प्रदान गरेको छ । उहाँलाई सन् 1971 मा बङ्गलादेशको स्वतन्त्रताको युद्धमा साथ तथा योगदान दिएको कारण उक्त सम्मान दिएको हो ।
बङ्गलादेशका राष्ट्रपति जिल्लुर रहमानले एक समारोह बीच भारतको सत्तारुढ पार्टीका अध्यक्ष सोनिया गान्धीलाई मरणोपरान्त दिने उक्त बङ्गलादेश स्वतन्त्र सम्मान दिएका थिए । आफ्नो स्वर्गीय सासु आमाको तर्फबाट कङ्ग्रेस पार्टीका अध्यक्ष समेत रहेका सोनिया गान्धीले उक्त सम्मान ग्रहण गरेका थिए ।
सन् 1971मा भारतले पूर्वी पाकिस्तानको रुपमा चिनिने बङ्गलादेशलाई पाकिस्तानबाट स्वतन्त्र गर्न मुख्य भूमिका खेलेको थियो ।