ठाडाको डमरु दहको किनारमा शान्ती मन्त्रालय अन्तर्गत शान्ती कोषको ८० लाख ९३ हजार १ सय ८४ रुपैँयाको लागतमा ३ वटा सुविधा सम्पन्न भवन बनाइए पछि प्रहरीमा नयाँ किसिमको अनुभुति भएको छ ।
युद्धको समयमा बारुदी सुरुङ्गमुनि बस्दै आएका प्रहरीहरु मुलुकमा शान्ती प्रकि्रयाको सुरुवात भएसँगै व्यक्तिको घरभाडामा बस्दै आएका थिए । कार्यालय कोठा ब्यारेक थुनुवा कोठा मेस संचालनका लागि ठाउँ नहुदा निक्कै समस्यामा परेका प्रहरीहरु नयाँ भवनमा बस्न पाउँदा खुसी भएका छन् । नयाँ भवनमा कार्यालय भान्छा घर र ब्यारेक गरी ३ वटा भवनमा १४ वटा कोठा छन् ।
भवनको एक समारोहका बिच प्रहरी अतिरिक्त महानिरिक्षकएआइजी कल्याण कुमार तिमिल्सीनाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै एआइजी तिमिल्सीनाले जनताको जिउ धनको सुरक्षाका लागि प्रहरिले कुनै कसुर बाँकी नराख्ने बताए ।
उनले प्रहरीको प्रयास बाट मात्रै शान्त र सभ्य समाजको निर्माण हुन नसक्ने बताउँदै सवॆै पक्षको सहयोगका लागि आग्रह गरे । तिमिल्सीनाले समय सापेक्ष रुपमा प्रहरीमा पनि रुपान्तरको आवश्यकता रहेको औल्याउँदै प्रहरीले आफुलाई उदाहरणीय काम गरेर जनताको बिचमा स्थापित हुन सक्नु पर्ने बतँए ।
भवन निर्माण समितीका अध्यक्ष कमान िसंह दर्लामीको अध्यक्षता र प्रहरी निरीक्षक कृष्ण केसीको सचालनमा सम्पन्न कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे प्रहरी नायव उपरिक्षक अरुण पौडेल स्थानीय समाज सेवी केदार बेल्वासे दान बहादुर बेल्वासे मेनका श्रेष्ठ लगायतका वक्ताहरुले मन्तव्य राख्दै जनताको जिउधनका सुरक्षाका लागि प्रहरीले पुर् याएको योगदानको प्रसंशा गरेका थिए ।
कार्यक्रममा प्रहरीको भवन निर्माणका लागि करीव १० लाख रुपैँया बराबरको जग्गा उपलब्ध गराउने स्थानीय समाजसेवी बृद अयोध्या कुमार श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गर्नुका साथै भवन निर्माणमा सहयोग पुर् याउने १५ जना स्थानीय समाजसेविहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो ।